आजदेखि इन्धन आपूर्ति सहज हुन्छ : आयल निगम
काठमाडौँ, २० चैत । नेपाल आयल निगमले आजदेखि इन्धन आपूर्ति सहज हुने जनाएको छ । निगमले पम्पहरुमा अत्यवश्यक बाहेकको अवस्थामा लाइन नलाग्न सर्वसाधरणलाई आग्रह गरेको छ ।
निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीका अनुसार व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने छ ।
उपत्यकासहित देशै भरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरेको छ ।