माधवसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौँ, २० चैत । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको १४ सांसदविरुद्धको रिटको फैसला अनिश्चित बनेको छ ।

उक्त मुद्दामा आज फैसला सुनाउने तय थियो । मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा परेको थियो ।

तर, न्यायाधीश सुवेदीले मुद्दा हेर्न नमिल्ने भएपछि तत्काललाई फैसला टरेको हो । उक्त मुद्दामा अब कहिले फैसला हुने भन्ने टुंगो छैन ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरिएको भन्दै ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन् । ती १४ सांसद अहिले नेकपा (एकीकृत समाजवादी)मा छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com