चीनमा एकै दिन १३ हजारबढी कोरोना सङ्क्रमित पुष्टि

एजेन्सी, २० चैत । चीनमा एकै दिन १३ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा लक्षण भएका एक हजार चार सय ५५ जना र लक्षण नभएका ११ हजार ६ सय ९१ जना गरी १३ हजार एक सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँकाे स्वास्थ्य विभागलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

दैनिक विवरण अनुसार यो सङ्ख्या चिनमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै रहेको पनि चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । चीनमा अहिलेसम्म एक लाख ५४ हजार सात सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३८ जनाको ज्यान गएको छ । अहिले चिनमा २६ हजार एक सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । चिनमा ८८ प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com