प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

ठमाडौँ, २० चैत । भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बेलुका स्वदेश फर्किएका छन् ।

नेपाल एअरलाइन्सको जहाजबाट स्वदेश फर्किएका उनलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् ।

गएको शुक्रवार भारत गएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गरेका थिए । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता भएको छ । त्यस्तै देउवा र मोदीले जनकपुर–जयनगर रेल र सोलु कोरिडोर विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गरेका थिए ।

प्रधानमन्त्री देउवाले आज धार्मिक नगरी वाराणसी पुगेर पूजाआजा समेत गरेका थिए । उनले वाराणसीकै ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण हुने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com