बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
बागलुङ, २१ चैत । नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
