सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौँ, २९ चैत । स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने छ । देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ ।
तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन । आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने नेताहरुको दावी रहेको छ ।