ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

वीरगञ्ज, २९ चैत । बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना५ख ७५०७ नम्बरको ट्रकले प्रदेश २-०३-०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिदा जीतपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट स्कुटर चालक क्षेत्रीको टाउको, मुख, खुट्टामा चोट लागेको थियो । गम्भीर घाइते उनलाई सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको चिकित्सकले मृत घोषणा गरेका थिए ।

शव नेशनल मेडिकल कलेजबाट पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com