एमालेले वैशाख ९ गते स्थानीय निर्वाचनको घोषणापत्र जारी गर्ने

काठमाडौँ, २९ चैत । नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै यसको जानकारी दिएका हुन् ।

उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने बताए । उनले एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com