मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ
पर्सा, ३० चैत । मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारीलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका १५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर नगरपालिका १० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।