काँग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरमा ८ जना आकांक्षी : उपमेयरमा ५ जना

काठमाडौँ, १ बैशाख । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ८ जनाले आकांक्षा देखाएका छन् ।

महानगरपालिकाका वर्तमान मेयर चिरिबाबु महर्जन, वर्तमान उपमेयर गीता सत्याल, प्रेमकृष्ण महर्जन, अनन्त श्रेष्ठ, चन्द्र महर्जन, शिवानन्द धाख्वा, भरतलाल न्याछ्यु, राजेश महर्जनको नाम सिफारिस भएको ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उपमेयरमा ५ जनाको नाम सिफारिस भएको श्रेष्ठले जानकारी दिए । उपमेयरमा रामकुमारी लिम्बु, भगवती शाही, मोद्वती केसी, फरिन्दा महर्जन, प्रविना शर्माको नाम सिफारिस भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com