बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, २ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला १ लाख २ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।