माधव नेपालले ठूलो भाग खोज्दा गठबन्धनमा समस्या : अध्यक्ष दाहाल

काठमाडौँ, २ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बैठकमा चुनावी तालमेलको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

आजको उक्त बैठकमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीले ठूलो भाग खोज्दा समस्या भएको बताए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या हुने गरेको उनको भनाइ थियो । आफूलाई अझै पनि एमाले नै देख्ने र सानो पार्टीको अध्यक्ष हुँ भन्ने कुरा हेक्का नराख्ने प्रवृत्तिमा माधव नेपालमा रहेको संकेत गर्दै प्रचण्डले भने, ‘उहाँले आफूलाई अझै पनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com