गृहमन्त्री खाँण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ, २ बैशाख । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा आज भएको भेटमा स्थानीय तहको निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

भेटमा प्रवक्ता विश्वकर्माले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन् ।

जवाफमा गृहमन्त्री खाँणले कानुनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com