काठमाडौँ उपत्यकामा थप १० जनामा कोरोना पुष्टि
काठमाडौँ, २ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९ जना, भक्तपुरमा १ जना र ललितपुरमा भने आज संक्रमित थपिएका छैनन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज देशभर होम आइसोलेसनमा ४१९ र १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।