चुनावपछि बहुमतसहित एमालेले सरकार चलाउँछ : अध्यक्ष ओली
काठमाडौँ, २ बैशाख । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने बताएका छन् ।
आज लमजुङको ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको र चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरेका हुन् ।
उनले जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई पु¥याएको आरोप लगाए । जनताको आकर्षण एमालेमा रहेको र आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै उनले एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।