सर्वोच्चले माग्यो जबराविरुद्ध महाअभियोग दर्ता गर्दा पेश भएको कागजात

काठमाडौँ, २ बैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग दर्ता गर्दा पेश भएको कागजात झिकाउने आदेश गरेको छ ।

महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चतले शुरुमै कागजात झिकाउने आदेश गरेको हो । उक्त मुद्दा शुरुमै संवैधानिक इजलासमा पेश भएको थियो । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले महाभियोग विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । त्यही निवेदनमाथि शुक्रबार शुरुवाती बहस भएको हो । अधिवक्ता त्रिलोकबहादुर चन्दले पेश गरेको अर्को निवेदनलाई सर्वोच्च अदालतले साथै राख्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भन्नुभयो, ‘अब संवैधानिक इजलासले झिकाइएका कागजात अध्ययन गर्छ । त्यसपछि मात्रै कारण देखाउ आदेश अनि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा प्रवेश हुन्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com