आगलागीमा परी एक बालकको मृत्यु
सप्तरी, २ बैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ भने तीन वटा घर जलेर नष्ट भएको छ ।
सप्तरी प्रहरीका अनुसार नगरपालिकाको वडा नम्बर-१० अमरैया टोलमा आज दिउँसो ४ बजे आगलागी हुदा गोठमा सुतिरहेका स्थानीय शत्रुद्यन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको हो ।
यादवकै गोठघरमा आगलागी भएको हो । आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।