आजको मौसम

काठमाडौँ, ४ वैशाख । aदेशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशको पहाडी भू–भागका थोरै स्थानमा आज पनि मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली  रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com