जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
बझाङ, ४ बैशाख । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना हुदा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
तीन महिला र ६ पुरुष गरी नौ जना सवार जीप गएराति पौने १ बजे दुर्घटना भएको हो । जीपमा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए । निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।