गठबन्धनले भोलि बेलुकासम्म महानगर र उपमहानगर टुंगो लगाउने

काठमाडौँ, ४ बैशाख । सत्ता गठबन्धनले सोमबार (भोलि बेलुका)सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने भएको छ ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा भोलिसम्म महानगर/उपमहानगरबारे टुंगो लगाउने समझदारी भएको हो ।

देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् ।  देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको बताइएको छ ।

स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागवण्डा गर्न समस्या भएको हो । बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीयसचिव रमेश मल्लले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com