बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
सर्लाही, ४ बैशाख । सर्लाहीको मलंगवा नगरपालिका–१२ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले साइकललाई ठक्कर दिदा साइकलयात्री सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।