घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु
पाँचथर, ५ बैशाख । जिल्लाको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेर गोपाल ढुङ्गानाको मृत्यु भएको हो ।
स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।