बेलुकासम्म महानगर-उपमहानगरको टुंगो लगाउँछौ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महानगर र उपमहानगरमा चुनावी तालमेलमा बेलुकासम्म टुंगो लगाउने बताउनुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर टुंगो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । झण्डै झण्डै महानगर टुङ्गिनेको नजिक पुगेको छ । यस पत्रकार सम्मेलनमा गठबन्धनको बैठकबाट आएको हुँ । यहाँबाट सिधै गठबन्धनको बैठकमा जान्छु । मलाई विश्वास छ । हामीले बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेल बारे एउटा निष्कर्षमा पुग्छौ ।’

नगरपालिका र गाउँपालिकाको विषयमा भोलि बेलुकासम्म निष्कर्षमा पुग्ने कोसिस गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नगरपालिका र गाउँपालिका सबैको अधिकार प्रत्यायोजन गरेर तल दिएकै छौ । आज बेलुकासम्म तलको रिर्पोट केन्द्रीत गर्ने भनिएको छ । हामीले सकेसम्म भोलिसम्म निष्कर्षमा पुग्ने कोसिस गर्छौ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com