निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ, ६ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

आज राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भएको र ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका  हुन् ।

उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’ ‘निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ संकल्पमा आइपुगेका छौं ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com