आजको मौसम

काठमाडौँ, ८ बैशाख । पहाडी भू–भागका केही क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने छ । त्यस्तै आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com