गोली लागेकी महिला सैनिक जवानको मृत्यु

काठमाडौँ, ८ बैशाख । गतराति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहान आज बिहान मृत्यु भएको छ ।

त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरीले जनाएको छ ।

गएराति ब्यारेक भित्रको पोस्टमा डिउटीमा रहेको बेला राइफल ( एम १६ )आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । गोली लागेर गम्भीर घाइते भएकी थिइन् । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भएपछि नलगिएको प्रहरीको भनाइ छ । सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएको थिइन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com