एमाले र लोसपाबीच वीरगञ्जमा चुनावी गठबन्धन
वीरगञ्ज, ८ बैशाख । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी गठबन्धन गरेका छन् ।
दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन भएको जानकारी दिएका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् ।
तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।