देशभर मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई

काठमाडौँ, ८ बैशाख । निर्वाचन आयोगले देशभर मतपत्र पठाउने ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको जनाएको छ ।

अरु निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था गरेको छ ।

देशका ७५ जिल्लामा मतपत्र र अरु निर्वाचन सामग्री सडक मार्गबाटै लैजाने र सडक पुग्न बाँकी डोल्पा र मुगुमा भने हवाई मार्गबाट लैजाने प्रवक्ता पौडेलले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com