लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा मिलेन : गठबन्धन धरापमा

बुटवल, १० बैशाख । लुम्बिनी प्रदेशमा भागबण्डा मिल्न नसक्दा पाँच दलीय सत्ता गठबन्धन धरापमा परेको छ ।

मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि दलहरुले भागबण्डा मिलाउन नसक्दा तालमेलका आधारमा नभई छुट्टाछुट्टै उम्मेदवारी दर्ता हुने सम्भावना देखिएको छ । भागवण्डा मिलाउन बसेका दलहरुको पटक पटकका वैठक निश्कर्षहीन हुंदै आएका छन् ।

गठबन्धनको प्रमुख दल कांग्रेसले लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये ७५ वटामा नेतृत्व दावी गरिरहेको छ । माओवादी केन्द्रले ४० वटामा दावी गरिरहेको छ । नेकपा एकीकृत समाजवादीले एमालेले जितेका ४३ मध्ये कम्तीमा २० पालिकाको प्रमुख पाउनुपर्ने माग गरिहेको छ । जनता समाजवादीले २२ पालिकाको प्रमुख र २५ पालिकामा उपप्रमुख पाउनु पर्ने दावी गरेको छ । जसपाले पहाडका ६ जिल्लामा ६ जना उपप्रमुख, दाङको एक पालिका प्रमुख र एक उपप्रमुख माग गरेको थियो । तर गठबन्धनका अन्य दलले उक्त मागमा बेवास्ता गरेपछि जसपा पाँच दलीय कार्यदलको वैठकमा उपस्थित हुन छाडेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com