एमालेद्वारा काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई उठाउने निर्णय

काठमाडौँ, १० बैशाख । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

आज बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com