कक्षा १२ को परीक्षा समय परिवर्तन

काठमाडौँ, ११ बैशाख । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ ।

जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com