आसन्न स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन सुरु
काठमाडौँ, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि मनोनयनपत्र दर्ता भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी मनोनय हुनेछ ।
७५३ स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको छ । बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।