प्रदेशसभा सदस्यबाट केशव स्थापितले दिए राजीनामा

काठमाडौँ, ११ बैशाख । वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने भएपछि आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

आफूले सोमबार काठमाडौं महानगरको मेयर पदमा उमेदवारी दिने उनले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com