रोल्पाको माडी गाउँपालिकामा एमाले-कांग्रेसबीच गठबन्धन

रोल्पा, १२ बैशाख । स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।

चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन् । गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उमेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए । ६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं. २,३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं. १,४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com