कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

पोखरा, १२ बैशाख । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट फिर्ता लिएर थापालाई मेयरको उम्मेदवार बनाएको छ । उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी भएका थापाले कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत ल्याउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com