एमालेको विजयी सुरुवात : गाँउपालिका अध्यक्षसहित प्यानलै निर्बिरोध

डोल्पा, १२ बैशाख । डोल्पाको शे-फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध भएका छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि दोहोरो उम्मेदवारी नपरेको अध्यक्ष गुरूङले बताए । उनी नेकपा एमाले डोल्पाको उपसचिव समेत हुन ।

गाउँपालिकाको ९ वटा वडा मध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको छ । वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन ।

वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामा, वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङ, वडा नम्बर ५ मा कार्मा तार्के गुरुङ, वडा नम्बर ६ मा रिग्जिन गुरुङ, वडा नम्बर ७ मा पेम्मा छिरिङ गुरुङ तथा वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com