सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ, १४ वैशाख । ट्रक र जीप ठोक्किदा बारामा एकजनाको मृत्यु भएको छ भने स्याङजामा ट्याक्टरको चक्काले च्यापिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका १५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका प्रहरीले जनाएको छ ।  उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैबीच, स्याङजामा ट्याक्टरको चक्काले च्यापिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । हरिनास गाँउपालिका १ भुटियाखोलामा गएराति ट्याक्टरको चक्काले च्यापिँदा हरिनास सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका प्रहरीले जनाएको छ । भुटियाखोलाबाट ढुङगा लोड गरी सालडाँडा तर्फजाँदै गरेको ना ६ त १८१९ नम्बरको ट्याक्टरबाट भुजेल खसेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com