ओली फेरि प्रधानमन्त्री बन्नुपर्छ : सुनीता डंगोल

काठमाडौँ, १८ बैशाख । नेकपा (एमाले)को तर्फबाट काठमाडौँ महानगरपालिकाको उपप्रमुखकी उमेदवार सुनीता डंगोलले एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्ने बताएकी छन् ।

आज भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् ।

उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् । उनले भनिन, “समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनुपर्छ । नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ । पुनः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ । समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com