स्कुटर पल्टिँदा चालकको मृत्यु

काठमाडौँ, १९ वैशाख । काठमाडौँको बबरमहलमा स्कुटर दुर्घटना हुदा  एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालक डडेलधुरा घर भइ काठमाडौँको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको मृत्यु  भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com