करेन्ट लागेर एक जनाको मृत्यु
गुल्मी, १९ बैशाख । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका वडानम्बर-२ छल्दी निवासी ४० वर्षका गोकर्ण थापा करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै बिजुलीको पोलमा चढी बनाउने क्रममा अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए । घाइते थापाको उपचारको क्रममा भैरहवामा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।