वाइसिएलका जिल्ला इन्चार्जसहितको टिम नै एमालेमा प्रवेश

काठमाडौँ, २२ बैशाख । नेकपा माओवादी भातृ सङ्गठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुरेश रानासहितका युवा नेताहरू एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले निवास बालकोट पुगेर माओवादी भातृ सङ्गठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिङ्गो ठुलोसिरुवारीका युवाहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रभित्र परिवारवाद हाबी भएको भन्दै असन्तुष्ट रहेका प्रभावशाली युवा नेताहरूलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेका हुन । एमाले प्रवेश गरेपछि नेता रानाले माओवादी केन्द्र परिवारको कोटरीमा परिणत भएको र कम्युनिष्ट विरोधी कित्तामा पुगेकोले एमालेमा समाहित भएको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com