बहसः मार्क्सवादको आर्थिक पाटो

लेखक तथा विश्लेषकः तेजबहादुर ढकाल, काठमाडौँ

कम्युनिष्ट घोषणापत्रका मस्यौदाकार कार्ल मार्क्स र फ्रेडरिक एंगलस् हुन् । कार्ल मार्क्सको पछि छापिएका संयुक्त कृतिहरुमा पनि एंगलसले आफ्नो नाम नराख्नु उनको महानता हो । तर अहिले श्रमजीवी जनता तथा मार्क्सवादी नेताहरुले निजी क्षेत्र, बजार र उद्धमीहरूलाई हेर्ने दृष्टिकोणलाई हेर्दा उनिहरूले कम्युनिस्ट घोषणापत्र श्रमजीवी र उद्यमी दुबैको संयुक्त घोषणापत्र भनी स्वीकार गर्न नसकिरहेको आभास हुन्छ । फलत बर्ग संघर्ष र राजनैतिक पाटो मात्र सतहमा आएको छ । आर्थिक उन्नति र समृद्धिको पाटो भने अझै गुमनाम छ । पारस्परिक लाभको बाटो राम्ररी खुल्न सकेको छैन । कैचीको एउटा मात्र धारले नकाटे जस्तै र एक पाटो मात्र भएको सिक्का नचले जस्तै समाजको आर्थिक रुपान्तरणको मुद्दा अझ पेचिलो बन्दै गएकाले यसलाई बहसकारुपमा अगाडी बढाउनु जरुरी छ ।

मार्क्सवादी दर्शनको अनुसार “The law of the negation of the negation is a concrete form of the law of the unity of opposites, that is, the law of the struggle of opposites and the resolution of their contradiction.”

वास्तवमा निषेधको निषेध को सिद्धान्त भनेको विपरीत बीचको एकता नै हो तर एकताको प्रकृया भने विपरीत बीचको संघर्ष र तिनीहरू बीचको विरोधाभासको समाधान हो । बर्ग संघर्ष क्रान्तिको बेलाको अवस्था हो भने बर्ग समन्वय वा एकता क्रान्ति सफल भईसकेपछिको समृद्धि प्राप्तिकालागि चरणको अवस्था हो भन्न सकिन्छ ।

तर अहिले पनि बर्ग संघर्ष मात्र देख्ने र समन्वय र एकता देख्नै नसक्ने कुरा हावी भएको पाइन्छ । अहिले पनि अधिकांस राजनीतिज्ञहरुले निजि क्षेत्र, राष्टिय पूँजीपति र उद्दमीहरूलाई बर्ग शत्रु कै नज़रले हेर्ने गरेको पाईन्छ । यो सोचाई नै हाम्रो समृद्धिको यात्रामा बाधक सिद्ध हुन सक्ने खतरा छ । हामी संग एउटा बर्ग नगरे पनि खान पुग्ने खालको छ । एउटा बर्ग नगरी खान नपाउने खालको छ । हामीले नगरे पनि खान पुग्नेलाई जोखिम मिलेर काम गर्ने वातावरण तैयार गर्न सके मात्र नगरी खान नपाउने ले गरिखाने अवसर पाउदछन् । किनभने घनिमानी, लगानीकर्ताले वा निजी क्षेत्र भनेको आर्थिक बृद्धिका ईन्जिन हुन् । श्रमजीवी जनताहरू अर्थतन्त्रका ईन्धन हुन् । ईन्जिनलाई न्यूट्रलमा राखेर जतिसुकै ईन्धन खर्च गरेपनि अर्थतन्त्र को गाडि अगाडि बढ्दैन ।

हिजो राज्य सत्तालाई मात्र बाधक देख्ने हामीले राज्य सत्ता प्राप्ति भए संगै जनतालाई अनुभूति हुनेखालको परिवर्तन दिन सकेनौं भने हामीले पनि भविश्यमा कठघरामा उभिएर जवाफ दिनु पर्ने हुन सक्दछ । हिजो राज्य सत्ता प्राप्त गर्न हामीले प्रयोग गरेका संगठनहरू नै हाम्रै लागि चुनैति हुन सक्दछन् । यसको कुटनैतिक सामधान नगरी द्वन्दमा जानु हुदैन किनभने यसले भविश्यमा हुने जनमतलाई प्रतक्ष असर पार्ने निश्चितप्राय हुन्छ । यस तर्फ सबैले गम्भिरताका साथ ध्यान दिनु जरूरी छ । अाज कार्ल मार्क्सकाे जन्मदिनका अबसरमा मार्क्सबादकाे सही ब्याख्या र प्रयाेग गराै भन्ने कामना गर्दछु ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com