प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न तनहुँ आउँदै
तनहुँ, २४ बैशाख । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दमौली आउने भएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् ।
सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।