आज एमालेको काठमाडौँमा चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ, २७ बैशाख । नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित सभा गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको हो । महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने बताइएको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com