वडाध्यक्षका उमेदवारको मृत्यु

दाङ, २७ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दाङका  वडाध्यक्षका उमेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

एमालेबाट उमेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए ।

चुनाव प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारकालागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको उनको शवलाई दाङ लाने तयारी भइरहेको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com