निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

काठमाडौँ, ३० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् ।

शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिन सबै मतदाताप्रति हार्दिक आग्रह गरेका हुन् ।

 “कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न म सबै मतदाता महानुभावप्रति हार्दिक आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “निर्वाचनका सबै तयारी पूरा भइसकेका छन् ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com