गृहमन्त्रीद्वारा सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न अपिल

काठमाडौँ, ३० बैशाख । गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् ।

एक अपिल जारी गर्दै गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन मतदाताहरुमा आग्रह गरेका छन् । “यहाँको अभिमतले देश र देशवासीको समृद्धिमा सहयोग पु¥याउने छ भन्ने विश्वास लिएको छु”, गृहमन्त्री खाणद्वारा जारी अपिलमा भनिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com