आजको मौसम

काठमाडौँ, ३० बैशाख । देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश–१ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१ का केही स्थानमा र वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पहाडी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, कास्की, बाग्लुङ, पर्वत, तनहँु रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पानी पर्ने देखिएको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com