आज सार्वजनिक बिदा, यातायात पनि बन्द

काठमाडौँ, ३० बैशाख । स्थानीय तह निर्वाचनको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । यस्तै आजका लागि यातायात पनि बन्द गरिएको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले सार्वजनिक बिदाका साथै यातायात पनि बन्द गरेको हो । निर्वाचनका दिन अत्यावश्यक सवारीका साधन भने सञ्चालनका लागि छुट दिएको छ ।

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो । प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com