मकवानपुरमा एकाबिहानै शंकास्पद वस्तु फेला

मकवानपुर, ३० बैशाख । मकवानपुरको कामानेमा शंकास्पद वस्तु फेला परेको छ ।

स्थानीय तह निर्वाचनको बिहानै हेटौंडाको कमानेमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमनास्थित कमाने फाएरलाईनमा उक्त शंकास्पद बस्तु देखा परेको हो ।

उक्त शंकास्पद वस्तु डिस्पोजको लागि नेपाली सेनाको टोलीलाई बोलाइएको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com